हातहतियार तथा खरखजना बुझाउन जिल्ला प्रशासनको निर्देशन

उमेश रोकाया


बाजुरा, पुस २९ । जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ साल माघ १५ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजना अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै इजाजत प्राप्त वा इजाजत नलिई व्यक्तिगत रूपमा राखिएका भरुवा बन्दुक सहितका हातहतियार जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको प्रहरी इकाइमा बुझाउन आग्रह गरेको हो ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यो निर्देशन जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार तोकिएको म्यादभित्र हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन अनुसार कारबाही गरिनेछ ।
निर्वाचनका बेला हातहतियारका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिम, डरत्रास र अशान्ति न्यूनीकरण गर्दै जिल्लामा शान्ति-सुरक्षा कायम राख्न यो कदम चालिएको प्रशासनको भनाइ छ । साथै, निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको भन्दै प्रशासनले सबैमा अपिल गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















