जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको प्रचार प्रसार समुदाया स्तरमा

नवलपुर टुडे


चितवन । जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलले फरक शैलीबाट प्रचार प्रसारलाई आक्रमक बनाएको छ । माघ ९ गतेको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई आक्रमक बनाईएको हो ।क्रान्तिसम्म र न्यायका लागि उठेको आवाजको कथामा बनेको चलचित्रको समुदायस्तरमा नै पुगेर प्रचार थालिएको हो । जस अन्तर्गत आज (शनिबार) चितवनमा आमा समूह र टोल सुधारलाई भेला पारेर चलचित्र प्रचार गरिएको छ ।
भरतपुर ६ चोकबजारमा चलचित्र प्रचार प्रसारका लागि छुट्टै बिशेष कार्यक्रम आयोजना गरिएको थियो । जसमा आमा समूह र टोलसुधार समूहको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्रको ट्रेलर र गीत पनि देखाईएको थियो ।
कार्यक्रममा महिला सहभागीता बढी रहेको थियो । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेकोले महिला सहभागीतालाई प्राथमिकता दिईएको निर्माण पक्षको भनाइ छ । सहभागीहरुले चलचित्रलाई लिएर उत्साहित रहेको बताएका थिए ।
कार्यक्रममा भरतपुर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठले वडाबासीहरु नै हलमा गएर चलचित्र हेर्ने बताए । उनले सम्पूर्ण वडाबासीको समर्थन चलचित्रलाई रहने बताए । भरतपुर २३ का वडाध्यक्ष दीपक दवाडीले आफ्ना वडाबासीहरु पनि चलचित्रलाई लिएर उत्साहित रहेको बताए । चलचित्रलाई चितवनबासीकै साथ रहने उनको भनाइ थियो ।
चलचित्रका लेखक तथा निर्देशक दिनेश कोइरालाले चलचित्रको माध्यमबाट पारिवारिक,सामाजीक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास पर्दामा देखाउन खोजेको बताए ।
चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ । पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ ।
बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको निर्माता तथा लेखक कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको निर्माण पक्ष्यको दाबी छ ।
कार्यक्रममा चलचित्रका निर्देशक रमेश कोइराला र कलकार दीपक अधिकारी पनि सहभागी थिए । त्यस अघि आज बिहान चलचित्रको प्रचार प्रसारका लागि अटोमा पोस्टर टाँसिएको थियो ।
कल्पना पौडेलको प्रस्तुति तथा म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च

तिहार बिदामा निगमको डिपो खुला रहने

झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने
अरुपनि पढ्नुहोस
सबै
दिल्ली प्रदूषणमा किसानलाई मात्रै दोष किन ? सर्वोच्चले उठायो धनीका गाडीमाथि प्रश्न

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने
















