Opens in a new tab

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छः प्रदीप ज्ञवाली

रासस

29Shares
dida bag ad

गुल्मी, पुस २०। नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताउनुभएको छ । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई थप बलियो बनाएको बताउनुभयो । केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा समावेश हुनु एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश भएको उहाँको भनाइ छ ।

उहाँले भिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई क्रियाशीलताको मूल्याङ्कन तथा योगदानको कदर गरिने बताउनुभयो । एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण शक्ति भएको उहाँले दाबी गर्नुभयो ।

चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको स्पष्ट पार्दै उहाँले चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउन आवश्यक भएको बताउनुभयो ।