प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

रासस
29


काठमाडौँ, पुस २०।प्रधानमन्त्री सुशीला कार्कीलाई आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ ।
महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई आगामी माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो । अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गर्दै निजामती सेवामा आफूहरुको आरक्षणको विषय सुनिश्चित गर्न माग गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो रु यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन । म यसप्रति चिन्तित छु । संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन ।”

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल
२०८३ कार्तिक २० | बिहान १०:०७ बजे

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
२०८३ कार्तिक २० | बिहान १०:०७ बजे

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
२०८३ कार्तिक २० | बिहान ०९:०७ बजे

विश्व बैङ्कको सहयोगमा सडक निर्माण
२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे












