Opens in a new tab

अर्थ

रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

रासस
२०८२ पुस २० | मध्यान्ह १२:०९ बजे

रसुवा, पुस २०। यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन ९इभी माइक्रो० नेपाल भित्रिएको छ ।

 

चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेकोे भन्सार कार्यालयले जनाएको छ । यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।

गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमले जानकारी दिनुभयो ।

उहाँले बिग्रने वस्तुम पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात दुई दिनको दौरानमा रु ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताउनुभयो ।

कमेन्टहरु