सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण

रासस


नारायणगढ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गरेका छन् ।निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएकाले उच्च सतर्कता पालना आवश्यक हुने बताए । उनले भने, “औषधि उत्पादन अरू उत्पादनजस्तो होइन, यो अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ निरीक्षण गर्दा कम्पनीले आवश्यक सबै प्रोटोकल पालना गर्दै व्यवस्थित र राम्रो ढङ्गले उत्पादन गरिरहेको देखियो ।”
विभिन्न ५० प्रकारका औषधि उत्पादन भएको थाहा पाउँदा खुशी लागेको उल्लेख गर्दै मन्त्री खरेलले यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए । उनले विदेशमा आर्जन गरेको पुँजी स्वदेशमै लगानी गर्नु सकारात्मक भएको उल्लेख गरे ।
ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले करिब २२ वर्ष युरोपमा बसोबास गरी औषधि क्षेत्रको अनुभव हासिल गरेपछि स्वदेशमै औषधि उत्पादन गर्ने उद्देश्यले लगानी गरिएको जानकारी दिए । उनले कम्पनीले औषधि उत्पादनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कम्पनीमा रु एक अर्ब ५० करोड लगानी रहेको उनले जानकारी दिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















