भारत र पाकिस्तानले साटे आणविक प्रतिष्ठानको सूची

एजेन्सी


नयाँ दिल्ली । भारत र पाकिस्तानले कूटनीतिक माध्यमबाट आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरूको सूची एक अर्कासँग साटासाट गरेका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको जानकारी दिएको हो । यो सूची भारत र पाकिस्तानबिचको आणविक प्रतिष्ठान र सुविधाहरूमा आक्रमण निषेध सम्बन्धी सम्झौता अन्तर्गत साटासाट गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सन् १९८८ को डिसेम्बर ३१ मा हस्ताक्षर भएको यो सम्झौता सन् १९९१ को जनवरी २७ मा लागू भएको बीबीसी हिन्दीले जनाएको छ । यस अन्तर्गत भारत र पाकिस्तानले प्रत्येक वर्ष जनवरी १ मा उक्त सम्झौताले समेटेका आ–आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरू बारेमा एक अर्कालाई जानकारी दिने गर्छन् ।
दुई देशबिच योसहित ३५औँ पटक जानकारी साटासाट भएको छ । पहिलो पटक सन् १९९२ को जनवरी १ मा सूची साटासाट गरिएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















