शुक्रबारसम्म दाङका विद्यालयहरूमा जाडो बिदा

नवलपुर टुडे


दाङ । घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन बिदा दिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।
यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले तीन दिन विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । लमही नगरपालिकाले पनि चिसो बढेकाले विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख केशब लम्साले जानकारी दिएका छन ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















