आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

रासस


चितवन, पुस १४।आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो ।
करदाता विवरण संशोधन गर्ने कामसमेत हुनेछ । यसबाहेक राजस्व सङ्कलन गर्ने, बक्यौता असुली, राजस्व सङ्कलनसँग सम्बन्धित भौचर संशोधन, करदाता शिक्षा र अन्तरक्रिया सेवासमेत पालिकाले दिनेछन् ।
सो अवसरमा सचिव उपाध्यायले नागरिकलाई घर नजिक एकै ठाउँबाट सबै सेवा दिलाउने उद्देश्यले सरकारले स्थानीय तहबाट करसम्बन्धी सेवा दिन लागेको बताउनुभयो । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर करका सबै काम स्थानीय तहबाट गर्न सक्ने भएमा राज्यलाई भार कम हुने र कर बढी उठ्ने उहाँले बताउनुभयो ।
सेवा दिने एकाइलाई टाढा बनाउन खोजेको नभएर नजिकबाट सेवा दिन लागिएको जनाउँदै उहाँले स्थानीय तहका जनशक्तिलाई आवश्यक प्रशिक्षण दिएर आवश्यक सामग्रीसमेत उपलब्ध गराइने बताउनुभयो । यसबाट कर सङ्कलनको लागत घटाउन सकिने उहाँको भनाइ छ ।
सो अवसरमा रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले नागरिकलाई करसम्बन्धी सेवा स्थानीय तहबाट दिन पाउनु गर्वको विषय भएको उल्लेख गर्दै यसलाई अझै फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काले आज तीन पालिकासँग सम्झौता भएको जनाउँदै खैरहनी नगरपालिकासँग छिट्टै सम्झौता गरेर आगामी माघ १ गतेदेखि चारवटै पालिकाबाट सेवा प्रवाह गरिने बताउनुभयो । करसम्बन्धी धेरै कामका लागि राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता हटेर स्थानीय तहबाट नागरिकले सेवा पाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव डा धनिराम शर्मा, कर अधिकृतसहित कर्मचारी लगायतको उपस्थिति थियो ।
विसं २०८२ कात्तिक १७ गतेको नेपाल सरकारको निर्णयानुसार चितवनको आन्तरिक राजस्व कार्यालय खैरहनी, मध्यमस्तरीय करदाता कार्यालय र ३६ वटा करदाता सेवा कार्यालयको काम स्थानीय तहलाई प्रदान गरिएको हो ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















