बाजुरामा ८७ हजार ८ सयभन्दा बढी मतदाता

उमेश रोकाया


बाजुरा , पुष १३ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम भएका छन् । निर्वाचन आयाेगले सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार जिल्लाका कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका हुन् ।
जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता संख्या छन् । त्यस्तै, जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण भएका जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतले बताए ।
उनले मतदानस्थल ७ वटा र मतदान केन्द्र ६ वटा थप भएकाे बताए । जिल्ला निर्वाचन कार्यालयले यस अघि मतदानस्थल र केन्द्र थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो । चार नगरपालिका र पाँच गाउँपालिका रहेको बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















