शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताएका छन् । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार राष्ट्रपति जेलेन्स्कीले शुक्रबार दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरे ।
उनले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने प्रयास जारी रहने बताए । तर यदि प्रस्तावित शान्ति योजनामा अत्यन्तै कठिन र संवेदनशील निर्णय लिनुपर्ने अवस्था आयो भने २० बुँदे सम्पूर्ण योजनालाई जनमतसङ्ग्रहमार्फत युक्रेनी जनताकै निर्णयमा सुम्पिनु सबैभन्दा उपयुक्त उपाय हुने उनले बताए ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार जनमतसंग्रह आयोजना गर्नु राजनीतिक, प्रशासनिक र सुरक्षा दृष्टिले निकै जटिल प्रक्रिया भएकाले त्यसका लागि कम्तीमा ६० दिनको युद्धविराम आवश्यक हुन्छ । उनले मतदानको तयारी, मतदाताको सुरक्षा र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यही अवधि न्यूनतम आवश्यकता भएको स्पष्ट पारे ।
जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा युक्रेन सङ्कट अन्त्यका लागि साझा रूपरेखामा सहमति हुने आशा व्यक्त गरे । उनले अमेरिका–युक्रेनबिच भएका अधिकांश द्विपक्षीय सहमतिहरू हाल पाँचवटा दस्तावेजमा समेटिइसकेको र आवश्यक परे थप एउटा दस्तावेज समावेश गर्न सकिने जानकारी पनि दिए ।
युद्धपछिको सुरक्षा प्रत्याभूतिको अवधिबारे अमेरिकी प्रशासनले १५ वर्षको प्रस्ताव गरे पनि जेलेन्स्कीले त्यो अवधि पर्याप्त नहुने धारणा व्यक्त गरेका छन् । उनका अनुसार युक्रेनलाई दीर्घकालीन र भरपर्दो सुरक्षा प्रत्याभूति आवश्यक छ, र यससम्बन्धी सम्झौता अमेरिका र युक्रेन दुवै देशका संसदबाट अनुमोदन गरिनेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















