गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान

रासस


पर्वत । जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही रु १० हजार प्रदान गरिएको छ ।यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सहिने भएकले उनीहरूलाई अनुदान दिइएको विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले जानकारी दिए।
ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रुपमा काठको हलो, जुवा, लिड्को प्रयोग गरेर खेती गर्दै आएका छन् । छ वडाको विहादीमा वडा नं १ बाच्छाका सात जना, वडा नंं २ बर्राचौरका १३ जना, वडा नंं ३ रानीपानीका छ जना, वडा नंं ४ वहाकीका एक जना, वडा नंं ५ उरामपोखराका १२ जना र वडा नंं ६ शालिग्रामका सात जना किसानलाई अनुदान रकम प्रदान गरिएको हो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















