Opens in a new tab

हिमाली गाउँपालिका १७ औं गाउँ अधिवेशन सम्पन्न

उमेश रोकाया

29Shares
dida bag ad

‎बाजुरा, पुष ८ । बाजुरा जिल्लाको पुर्वी भेगमा रहेकोे हिमाली गाउँपालिका गाउँ सभाको १७ औं गाउँ अधिवेशन सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को १७ औं गाउँ सभा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर गाउँ सभा उद्घाटन गरेका छन । “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने अभियानका साथ गाउँ अधिवेशन सुरु गरिएको हो ।

‎हिमाली गाउँपालिका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व -२०८२ र स्थानीय तह वातावरण प्राकृति स्रोत संरक्षण सम्बन्धि -२०८२ सहित गरेर दुईवटा कार्यविधि पारित गरिएको छ । हिमाली गाउँपालिका कर्मचारी संगठन व्यवस्थापन संरक्षण २०८२/०८३ को ओएनएम सभामा पेश, हिमाली गाउँपालिका भित्र कर्णाली करिडोर पर्ने बस्ती जोखिम हुँदा बस्ती स्थानतरण गर्ने निर्णय गरिएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो।

‎गाउँ सभामा हिमाली गाउँपालिका गाउँ सभाअध्यक्ष गोबिन्द बहादुर मल्ल, गाउँ सभा उपाध्यक्ष राजकला सार्की, सभा सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, गाउँ सभा सदस्य तथा कार्यपालिका सदस्य, गाउँपालिका शाखा प्रमुख कर्मचारी सहित पत्रकार सहित उपस्थिति रहेकोे थियो ।