रुसले युक्रेनी क्षेत्र ओडेसामा आक्रमण बढायो

एजेन्सी


मस्को । रुसले दक्षिणी युक्रेनी क्षेत्र ओडेसामा आफ्नो आक्रमण तीव्र पारेको छ । आक्रमणले गर्दा सो क्षेत्रमा व्यापक बिजुली कटौती भएको छ । यस क्षेत्रको समुद्री पूर्वाधारलाई जोखिममा परेको छ। मस्कोले यस क्षेत्रमा व्यवस्थित आक्रमण गरिरहेको युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले भनेका छन् । युद्धमा ध्यान ओडेसा तिर सरेको हुन सक्ने ओलेक्सी कुलेबाले गत हप्ता चेतावनी दिएका थिए ।
बारम्बार गरिएका आक्रमणहरू युक्रेनको समुद्री लजिष्टिकमा पहुँच रोक्न मस्कोको प्रयास भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । कृष्ण सागरमा रूसको श्याडो फ्लीटका ट्याङ्करहरूमा ड्रोन आक्रमणको बदला लिन समुद्रमा युक्रेनको पहुँच ठप्प पार्ने धम्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बरको सुरुमा दिएका थिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















