पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी चित्रकार तीन महिना भारतमा उपचार गराएर फर्किन्

नवलपुर टुडे


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घरमै आगजनी गरेर जलाइएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार स्वदेश फर्किएकी छन्। करिब तीन महिनासम्म भारतमा उपचार गरेर स्वास्थ्य लाभ गरी आज स्वदेश फर्किएकी पूर्वप्रधानमन्त्री खनालको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको भारतको एपोलो अस्पतालमा उपचार भएको हो।
भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन्। लगत्तै उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको छ। बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो। तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो।
त्यसपछि उनलाई असोज ७ गते भारत लगिएको थियो। ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















