‘धुरन्धर’को गीतबाट किन रिजेक्ट भइन् तमन्ना ?

एजेन्सी


मुम्बई । बलिउडमा जब दमदार डान्स नम्बरको कुरा आउँदा, तब तमन्ना भाटियाको नाम पनि आउँछ ।‘स्त्री २’ को ‘आज की रात’देखि ‘घफूर’ जस्ता गीतहरूले उनलाई ‘स्पेसल सङ’की रानी बनाएको छ । डान्स नम्बरमा एउटा दर्बिलो परिचय बनाएकी भाटिया फिल्म ‘धुरन्धर’को चर्चित गीत ‘शरारत’बाट भने रिजेक्ट भएको खुलासा भएको छ । फिल्मका कोरियोग्राफर विजय गांगुलीले हालै एक अन्तर्वार्ताको क्रममा यस विषयमा खुलासा गरेका हुन्, जसमा उनले ‘शरारत’ गीतको योजना बनाउँदा आफ्नो दिमागमा सबैभन्दा पहिलो नाम तमन्ना भाटियाकै आएको बताए । उनका अनुसार तमन्नाको स्क्रिन प्रेजेन्स र डान्सिङ स्टाइल यस्तो गीतका लागि एकदमै उपयुक्त थियो ।
विजय गांगुलीले तमन्नाको नाम गीतका लागि निर्देशक आदित्य धरसामु राखेका थिए । तर आदित्यको मान्यता थियो कि फिल्ममा यस्तो कुनै गीत नहोस्, जो कथाभन्दा बाहिर गएर केवल एक स्टारमा मात्र केन्द्रित होस् । यदि गीतमा तमन्ना भएको भए, दर्शकहरूको ध्यान कथाको साटो केवल उनीमाथि मात्रै अडिने आदित्यको बुझाइ थियो ।
आदित्य धरले ‘शरारत’ लाई परम्परागत ‘आइटम सङ’ नबनाई कथाकै एउटा हिस्सा बनाउने निर्णय गरे । यही कारणले गर्दा गीतमा तमन्न भन्दा पनि एक जना होइन, दुई जना अन्य कलाकारलाई लिइयो । अन्ततः यस गीतका लागि आयशा खान र क्रिस्टल डिसुजालाई छनोट गरियो, ताकि फोकस कुनै एउटा अनुहारमा नभई दृश्य र फिल्मको प्रवाहमा बनिरहोस् ।
कोरियोग्राफरका अनुसार ‘शरारत’ गीत रणवीर सिंह र सारा अर्जुनको विवाहको रिसेप्सन दृश्यको एउटा हिस्सा हो । त्यस दृश्यमा नृत्य मात्र नभई कथाका धेरै महत्त्वपूर्ण क्षणहरू पनि सँगसँगै अगाडि बढ्छन् । यस्तोमा निर्देशक चाहँदैनथे कि गीतका कारण फिल्मको गति वा कथाको प्रभाव कमजोर बनोस् ।
रोचक कुरा के छ भने यो गीतलाई अहिले निकै रुचाइएको छ । सामाजिक सञ्जालमा यो गीतमा अहिलेसम्म धेरै रिल्सहरू बनिसकेका छन् । ‘शरारत’ रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा छाएको छ । आयशा खान र क्रिस्टल डिसुजाको केमेस्ट्री र ऊर्जालाई दर्शकहरूले निकै प्रशंसा गरेका छन् । गीतलाई सर्वधारणदेखि सेलिब्रेटीहरूले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















