ताप्लेजुङमा भरुवा बन्दुकसहित एक व्यक्ति मृत फेला, भतिज पक्राउ

नवलपुर टुडे

सारांश
ताप्लेजुङ, पुस ६ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघु लेकुवामा भरुवा बन्दुकसहित एक व्यक्ति मृत फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार मृत फेला पर्नेमा स्थानीय फुर्वा रेञ्जु शेर्पा रहेका छन्।
प्रहरीका अनुसार स्थानीय तिलोकसिंह लिम्बूको अलैंची बारीमा भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक पड्किएपछि उनको घाँटीमा गोली लागेको थियो।प्रहरीले फुर्वा रेञ्जीसँगै गएका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ। प्रहरीले आवश्यक अनुसन्धानका लागि भतिजलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक दीपक लिम्बुको नेतृत्वमा प्रहरी टोली परिचालित भएकोसमेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रनाउ गौतमले जानकारी दिएका छन्।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















