जापान र एसियाली राष्ट्रबिच आर्थिक सहकार्य विस्तार

एजेन्सी


टाेकियाे । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्राकृतिक स्रोतले धनी यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो ।
प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेताहरूसँग पहिलो शिखर सम्मेलन आयोजना गरेकी छन् । बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार जापानले मध्य एसियामा पाँच वर्षभित्र कुल तीन करोड येन बराबरका व्यापार परियोजनाको लक्ष्य तय गरेको छ ।जापान, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घजस्तै, यस क्षेत्रका विशाल तर अझै धेरै भागमा अन्वेषण नभएका प्राकृतिक स्रोतहरूको सम्भावनाबाट आकर्षित छ । जापानले दुर्लभ धातु आपूर्ति विविधिकरण गर्न र चीनमा निर्भरता कम गर्न यस क्षेत्रमा लगानी गर्न इच्छुक छ ।
वक्तव्यमा उल्लेख छ,“प्राकृतिक स्रोत र ऊर्जा स्रोतले धनी मध्य एसियाले अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार गर्नु महत्वपूर्ण छ ।” नेताहरूले महत्त्वपूर्ण धातु आपूर्ति श्रृंखला सुदृढीकरणका लागि सहयोग बढाउने, आर्थिक विकास प्रवद्र्धन गर्ने र वातावरणीय लक्ष्यहरू प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, उनीहरूले रूस, चीन र युरोपेली सङ्घका शीर्ष नेतासँग यस वर्ष अलग–अलग शिखर सम्मेलन पनि गरेका छन् । विशेषज्ञहरूले यस शिखर सम्मेलनलाई जापानको क्षेत्रीय उपस्थिति बलियो बनाउन महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् ।
मध्य एसियाका राष्ट्रहरू प्राकृतिक स्रोतमा धनी भए पनि आर्थिक अवस्थाका कारण यी स्रोतहरूको उपयोग चुनौतीपूर्ण रहिरहेकाले सहकार्य र समन्वय आवश्यक छ । काजाकिस्तान विश्वकै ठूलो युरेनियम उत्पादक हो, उज्बेकिस्तानसँग विशाल सुनको भण्डार छ, तुर्कमेनिस्तान ग्यासमा धनी छ र पहाडी किर्गिजस्तान तथा ताजिकिस्तानले नयाँ खनिज भण्डार अन्वेषण गरिरहेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















