कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

नवलपुर टुडे

सारांश
चितवन । चितवनको कटाव दि स्कार्पमेन्टले ‘माया के हो’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्ने भएको छ । ब्याण्डले आज (बिहीबार) प्याराडाइज क्याफे बिगबजारमा पत्रकार सम्मेलन गर्दै गीतको अफिसियल म्युजिक भिडियो पुष ९ गते २४ डिसेम्बरमा रिलिज हुने जानकारी दिएको हो ।
ब्याण्डले एडम्स लाउन्ज बाह्रघरेमा क्रिसमस इभ आयोजना गरेर गीत प्रिमियर गर्न लागेको हो । सोही दिन युट्युबमा पनि गीत रिलिज हुने ब्याण्ड म्यानेजर अनुपम घिमिरेले जानकारी दिए । एक दशक अघि स्थापित ब्याण्डले यो गीत तयार पारेको ७-८ वर्ष भईसके पनि म्युजिक भिडियो भने हालै मात्र तयार भएको हो ।
विविध कारणले अफिसियल म्युजिक भिडियो निर्माणमा ढिला भएको ब्याण्डका भोकलिस्ट प्रविण लोप्चनले बताए । भिडियोमा कन्टेन्ट क्रियटर सविन मगर र प्रमिशा सिग्देल फिचर्ड छन् । दुबैको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु भएकोले उत्साहित रहेको दुबैले बताए ।
अमृत गुरुङले निर्देशन गरेको भिडियोको सह निर्देशक किरण ढकाल हुन् भने सिनेमाटोग्राफर सन्देश मगर र लवसन हुन् । हाई स्टेसनले भिडियो निर्माण गरेको हो । पत्रकार सम्मेलनमा नारायणगढ जेसिस वर्ष २०२६ का अध्यक्ष सन्तोष पण्डितले सफलताको कामना गरे ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















