मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव

रासस


पाटन (ललितपुर), पुस ३ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उपराष्ट्रपति यादवले गोरखापत्र बहसमार्फत नेपालको आर्थिक पुरुत्थान, लगानीसम्बन्धी बहस, भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन, निजी क्षेत्रको आत्मविश्वासलगायत महत्वपूर्ण विषयमा छलफल हुनु सकारात्मक कदम भएको धारणा राख्नुभयो ।
“यो छलफल तथा विमर्श बहसले मुलकको समग्र अर्थतन्त्रको अवस्था, चुनौती र सम्भावनासहितको सरकारको प्रयास तथा निजी क्षेत्रको अपेक्षाको विश्लेषण गर्दै ठोस् निष्कर्षमा पुग्ने विश्वास लिएको छु, युवापुप्ता जेनजीको आन्दोलन पश्चात् नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विषयमा छलफल हुने विश्वास छ । मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमाकाँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उपराष्ट्रपति यादवले भन्नुभयो ।
उहाँले पारदर्शिता, सुशासन भ्रष्टाचारमुक्त समाज, सरल सार्वजनिक सेवा प्रवाह र देशभित्र रोजगारी सृजनाको मागसहित जेनजी आन्दोलन भएको उल्लेख गर्दै उक्त आन्दोलनपछि आगामी कार्यदिशाका बारेमा छलफल गर्न गोरखापत्रले आयोजना गरेको यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले गोरखापत्र इतिहासको जीवन्त दस्तावेज भएको भन्दै गोरखापत्रको योगदान राष्ट्रिय एकतामासमेत विशेष रहेको उल्लेख गर्नुभयो । बैंक तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपतिले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको धारणा राख्नुभयो । उहाँले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “निजी क्षेत्र आर्थिक क्षेत्र सबल बनाउने माध्यम हुन् । यसलाई पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पु¥याउने गरी सहयोग गर्नुपर्छ ।”
नेपालको आर्थिक पुनरुत्थान, लगानी गर्ने वातावरण र भविष्यका विकास रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकार भएका निकायका प्रतिनिधिबीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ ललितपुरमा जारी छ ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
















