नवलपरासी क्षेत्र नं. २ मा केन्द्रीय सदस्य कण्डेल सर्वसम्मत एकल उम्मेदवार सिफारिस

नवलपुर टुडे


नवलपरासी । नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नं २ ले पार्टीका केन्द्रीय सदस्य एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेललाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको छ ।
क्षेत्रीय समितिको बिहिवार (आज) बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कण्डेललाई सर्वसम्मत एकल सिफारिस गरेको कण्डेलका निजी सचिवालयले जानकारी दिएको छ । कण्डेल संविधान सभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि नयाँ उम्मेदवार भने होइन । कण्डेलले यस क्षेत्रबाट पटक पटक निर्वाचित र अब्बल उम्मेदवारी हुन ।
त्यसैगरी यसक्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ जिल्ला उपसभापति विक्रम प्रसाद यादव (पुरुष तर्फ) र महासमिति सदस्य सुनिता कुमारी सुवेदी श्रेष्ठ (महिला तर्फ) सिफारिस भएका छन । त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि जिल्ला सभापति अर्जुन कुमार पोखरेल (पुरुष तर्फ) र महिला नेतृ चन्द चौधरी (महिला तर्फ) सिफारिस भएका छन ।


कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















