एनपीएल : विराटनगर किंग्सलाई लुम्बिनी लायन्सको चुनौती

नवलपुर टुडे


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ । विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो ।
यता, लुम्बिनीले भने इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधि भिड्न्तमा साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो ।
यता, लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















