एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

रासस


काठमाडौँ, मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केही बेर अघि भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिए ।
आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुनेछ । साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अहिले एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच भिड्नेछन् ।
पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन् ।लिग चरणको खेलमा सुदूरपश्चिमले खेलेको सातमध्ये ६ खेलमा जित तथा एक खेलमा पराजय भोगेको थियो । त्यस्तै समान सात खेल नै खेलेको विराटनगरले पाँच खेल जित हासिल गरेको थियो ।

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
अरुपनि पढ्नुहोस
सबै
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
















