थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

रासस


काठमाडौँ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको प्रचारप्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता थाइल्यान्डमा ‘लुम्बिनी–नेपाल मिनी म्याराथन’ आयोजना गरिने भएको छ।
थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार, गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिने यस प्रतियोगितामा १० किलोमिटर र पाँच किलोमिटर दौड समावेश गरिनेछ।
कार्यक्रमको तयारीका लागि नेपाली राजदूतावास थाइल्यान्डमा आइतबार सरोकारवाला सङ्घ संस्थाको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गरिएको थियो। छलफलमा नेपाल एयरलाइन्स, गैर-आवासीय नेपाली सङ्घ-थाइल्यान्ड, थाई-नेपाल सङ्घ, थाई-नेपाल फ्रेन्डसिप एसोसिएसनसहित विभिन्न पेसामा संलग्न नेपाली उद्यमी र म्याराथन सञ्चालन गर्ने केही थाई नागरिकहरूको समेत उपस्थिति थियो।
कार्यक्रमका लागि थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षण तथा उपनियोग प्रमुख मोतीबहादुर श्रीशको संयोजकत्वमा नेपालसँग सम्बन्धित सबै सङ्घ-संस्थाका प्रतिनिधि सम्मिलित एक आयोजक समिति गठन गरिएको छ।
यस कार्यक्रमले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीका साथै नेपाली पर्यटन, परिकार, सांस्कृतिक र निर्यातयोग्य वस्तुहरूको प्रचारप्रसार गरी प्रभावकारी रूपमा नेपाल चिनाउने लक्ष्य राखिएको नेपाली दूतावासले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















