यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

एजेन्सी


मियामी । यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्नेछन् । अमेरिकी पक्षले दुवै पक्षको सहमतिअनुसार वास्तविक प्रगति रूसको दीर्घकालीन शान्तिप्रतिको गम्भीर प्रतिबद्धतामा निर्भर गर्ने जनाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभेन विटकफ र जारेड कुशनरले यूक्रेनी उच्च वार्ताकार रुस्तेम उमेरोभ र कीएभ सैन्य प्रमुख अन्द्रिय ह्नातोभसँग छलफल गर्दै आएका छन् ।
यी वार्ता रूससँगको भेटपश्चात सुरु भएका हुन् । विटकफ र कुशनरले मङ्गलबार क्रेमलिनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी प्रस्तावबारे छलफल गरेका थिए ।अमेरिका र यूक्रेनले सुरक्षा व्यवस्थाको आधारभूत ढाँचा र दीर्घकालीन शान्ति कायम राख्न आवश्यक प्रतिरोध क्षमता विषयमा पनि सहमति जनाएका छन् ।
अमेरिकाको प्रस्तावअनुसार, यूक्रेनले ती भूभाग समर्पण गर्न तयार छ, जुन रूसले युद्धभूमिमा कब्जा गर्न सकेको छैन । प्रारम्भिक योजनामा कीएभको रक्षा गर्न पोल्याण्डमा सेनाको आधार स्थापना गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ ।यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले भने“कूटनीतिक प्रक्रिया प्रायः पर्दाभित्र सञ्चालन हुन्छ । यूक्रेन युद्ध अन्त्य गर्न तयार छ र अमेरिका छिटो समाधान खोज्न इच्छुक छ, दुवै पक्षबाट समझौता अपेक्षित छ ।”
यता, रूसले कीएभ क्षेत्रमा ड्रोन र मिसाइलद्वारा आक्रमण गरेको जानकारी प्राप्त भएको छ । क्षेत्रीय गभर्नर मिकोला कालाश्निकका अनुसार तीन जना घाइते भएका छन् । रूसको रक्षा मन्त्रालयले विगत राति ११६ यूक्रेनी ड्रोन नष्ट गरिएको पुष्टि गरेको छ ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















