स्मल हेभनमा एथ्लेटिक्स मिट : आयोजक स्मल हेभन टिम प्रथम

नवलपुर टुडे

सारांश
भरतपुर । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सम्पन्न भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ आयोजित एथ्लेटिक्स मिटमा आयोजक स्मल हेभन स्कुल टिम प्रथम भएको छ ।
तीन दिन चलेको प्रतियोगितामा स्मल हेभनले ५ स्वर्णसहित १० पदक जितेको छ । उसले ५ स्वर्णसहित २ रजत र ३ कास्य जितेको हो । यस्तै ९ पदक जितेको लिटल फ्लावर स्कुल नारायणगढ दोस्रो भएको छ । लिटल फ्लावारले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेको छ ।
प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुर तेस्रो भएको छ । वाल्मीकिले ३ स्वर्ण, २ रजत र एक कास्य पदक हात पारेको हो । आयोजक स्मल हेभनका उपास गुरुङ पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने महिलातर्फ लिटल फ्लावरकी खेलाडी उत्कृष्ट घोषित भएकी छन् ।
उता शिक्षा बिकास ईंग्लिस स्कुल रत्ननगरले अनुशासित स्कुलको पुरस्कार जितेको छ भने सनराईज ईंग्लिस स्कुलले उत्कृष्ट मार्स पास्टको पदक जितेको छ । यस्तै अनुशासित ब्याण्ड बाजाको पुरस्कार लिटर फ्लावरले पाएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्य, आयोजक स्मल हेभनका प्राचार्य रामचन्द्र न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
स्मल हेभनको आयोजकमा तीन दिनसम्म सञ्चालित एथ्लेटिक्समा चितवनका ३६ विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । उनीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । स्मल हेभनले हरेक दुई वर्षमा एथ्लेटिक्स मिट आयोजना गर्दै आएको छ । २० वर्षदेखि आयोजना हुँदै आएको एथ्लेटिक्स मिट जिल्लाकै नमूना खेलकुद कार्यक्रमको रुपमा परिचित रहेको छ ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















