Opens in a new tab

क्यारिबियनमा लागुऔषध तस्करविरुद्ध जमिनबाट कारबाही सुरु गर्ने अमेरिकी घोषणा

एजेन्सी

29Shares
dida bag ad

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रशासनले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करहरूलाई लक्षित गरी स्थल कारबाही सुरु गर्ने बताएका छन्।ट्रम्पले भेनेजुएलाका लागुऔषध तस्करहरूलाई रोक्ने कार्यमा वायुसेनाको सातौँ बम विंगलाई धन्यवाद दिए। उनले हाल ८५ प्रतिशत तस्करी समुद्रबाट भइरहेको र अब जमिनबाट पनि रोक्न सुरु गरिने बताएका छन्।

सेप्टेम्बर २ यता, पेन्टागनले क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा कथित रुपमा लागुऔषध बोकेका जहाजहरूमा कम्तीमा २१ वटा ज्ञात आक्रमण गरेको छ, जसमा जहाजमा सवार कम्तीमा ८३ जनाको मृत्यु भएको छ।

 

पछिल्ला महिनाहरूमा, वासिङ्टनले भेनेजुएलासँग ठुलो तटरेखा जोडिएको क्यारिबियन सागरमा प्रमुख विमान वाहक यूएसएस जेराल्ड आर. फोर्ड र लगभग १५ हजार सेनासहित एक दर्जन युद्धपोतहरू तैनाथ गरेको छ। यस क्षेत्रमा विगत तीन दशकयता यति ठूलो अमेरिकी सैन्य उपस्थिति देखिएको थिएन।

 

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशको लागुऔषध व्यापारसँग कुनै सम्बन्ध नभएको भन्दै अमेरिकाले भेनेजुएलामा शासन परिवर्तन गर्ने उद्देश्यले युद्धको बनावट गरेको आरोप लगाएका छन्।

अरुपनि पढ्नुहोस

सबै