९ वटा भवनबाट सेवा दिइरहेको भरतपुर महानगरपालिकाको ५३ करोडको भवन बन्दै,काम अन्तिम चरणमा

रासस
२०८२ मंसिर १८ | बिहान ११:०८ बजे

चितवन, मंसिर १८। भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ ।महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।
आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।


















