दाङमा तीन स्थानमा विद्युत सवस्टेशन निर्माण गरिदै

नवलपुर टुडे


घोराही, मङ्सिर १४ । दाङमा विद्युत अनियमित हुने र लो–भोल्टेजको समस्या समाधानका लागि तीन स्थानमा सवस्टेसन निर्माणसँगै विद्युत विस्तारको काम भइरहेको छ । घोराही उपमहानगरपालिका –९ मकुनडाँडा, घोराही –१२ हापुर र गढवा गाउँपालिका –७ मानपुरमा सवस्टेसन निर्माणसँगै ग्रामीण क्षेत्रमा विद्युत विस्तारका लागि पोल निर्माणसँगै तार तान्ने काम भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण स्तरोन्नति तथा विस्तार आयोजनाअन्तर्गत दाङको ग्रामीण क्षेत्रमा विद्युत् अनियमित्ताको समस्या समाधान गर्दै विद्युत् नपुगेका क्षेत्रमा विस्तारका लागि काम भइरहेको छ । तीन बर्षभित्र काम सक्नेगरी एसियन इन्फास्ट्रक्टर इन्भेस्टमेन्ट बैंकको करिव तीन अर्ब रुपियाँको लागतमा सुरु भएको आयोजनाअन्तर्गत विद्युत् प्राधिकरण स्तरोन्नतिको काम भइरहेको छ ।
आयोजनाको दाङ इन्चार्ज विश्वविलाश शर्माका अनुसार २०८० मा टुण्डी–जे.के. जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उक्त आयोजनाअन्तर्गत अहिलेसम्म सबस्टेसन निर्माणस्थलमा बाउन्ड्री निर्माणसँगै, भवन, कन्ट्रोल रुमसँगै र विद्युत् पोल गाड्ने र तार तान्ने काम भइरहेको छ ।

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















