समाज

‎विकास गाउँ पुगेसँगै फेरियो धिमबासीको जिवनशैली ‎

उमेश रोकाया
२०८२ मंसिर १४ | मध्यान्ह ०१:०८ बजे

 ‎बाजुरा, मंसिर १४ । जिल्ला सदरमुकाम मार्तडी देखि हिमाली गाउँपालिका वडा नं –६ को धिम बस्ती झण्डै ७० किलोटिरको दुरिमा पर्दछ । यहाँका स्थानीय केही समय पहिला भेडाबाख्रा र खच्चरको भरमा गाउँमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्थे । पहिला यहाँका गोरेटो बाटोमा हिड्दा घोडा खच्चर र भेडाको निकै पेलपाल हुने गथ्र्यो । बिहान दिउँसो बाटोमा भेडा र खच्चर कराएको आवाज सुन्निने गथ्र्यो । ‎ ‎बाटोमा मानिसलाई हिड्डुल गर्न पनि निकै सास्ती हुन्थ्यो ।

अहिले भने यहाँका गोरेटा बाटा समेत हराउँदै गएका छन् ।  गाउँमा सडक पुगेको छ । सडकले यहाँका स्थानीयको जिवन शैली समेत पुरै बदलिएको छ । भेडा घोडा हिड्ने बाटा सडकमा परिणत भएका छन् । भेडा र घोडाले ढुवानी गर्ने दैनिक उपभोग्य सामाग्री अहिले गाडीमा घरमा पुग्ने गरेको छ । ‎ ‎यहाँका स्थानीयको यो समस्या अन्त्य गर्ने गरी हिमाली गाउँपालिकाको कार्यालय धुलाचौरले आर्थिक वर्ष २०७७÷०७८ सालमा गाउँमा सडक सुविधा गरेसँगै अहिले यहाँका स्थानीयको पनि पुरै जिवन शैली फेरिदै गएको हो ।

पहिला एक किलो चामल ७५ रुपियाँमा खरिद गर्दै आएका यहाँका स्थानीयहरु अहिदे गाउँमै ५५ रुपियाँमा खरिद गर्ने गरेका छन् । गाउँमा विकास पुगेसँगै अहिले यहाँका स्थानीले दैनिक उपभोगय सामाग्री सस्तो पाउने गरेका हुन् । ‎ ‎जिल्लाकै एक विकट क्षेत्रको रुपमा रहेको धिम बस्तीमा गाडी पुगेसँगै अहिले सुगमको आभास हुन थालेको हिमाली गाउँपालिका –६  धिमका निबन्ध जनरल स्टोरका साहु जनक रोकायाले बताउनुभयो ।उहाँले भन्नुभयो, “यहाँका स्थानीयको सबै भन्दा ठुलो समस्या दैनिक खाद्यान्न सामाग्री ढुवानी गर्नु हो । त्यसका लागि आफुले एक दुइ हप्ता समय लगाएर मार्तडी देखि गाउँमा खच्चरको भरमा समान पुगाउने गरेको थिए ।” ‎

‎अहिले मेरो पसलको मुनीमा गाडीले त्यो सामाग्री दुइ चार घण्टामै पुगाई दिन्छ । समानको मुल्य पहिला भन्दा अहिले सस्तो छ । २०६७ सालमा एक किलो चामलको ७५ रुपियाँमा बिक्री गथ्र्ये । अहिले त्यहि चालमको एक किलोको ५५ रुपियाँमा बिक्री गाउँमै बिक्री गर्छु । गाउँमा विकास पुगेसँगै अहिले यहाँका स्थानीयको जिवन शैली समेत पुरै बदलिदै गएको रोकायाले बताउनुभयो । ‎ ‎हिमाली गाउँपालिका –६ धिमका स्थानीयको मात्र जिवन शैलीमा परिवर्तन आएको छैन् ।

यहाँको दुर्गम पिछडिएको दुर्गग गाउँ धिमबस्तीको मुहार समेत फेरिएको छ । घरमा सिलेटले छायाका यहाँका घरछाना अहिले करटपाताले छाएका छन् । भुकम्पले सिलेटका छानामा बढी जोखिम हुने गरेकोले अहिले यहाँका स्थानीयले ती हटाएर करकट पाताले छाउने गरेसँगै धिम बस्तीेको मुहार समेत फेरिएको हो । ‎ ‎२०७७ /०७८ सालमा हिमाली गाउँपालिकाको धिमबस्सीमा पालिकाको झण्डै तीन करोड पचास लाख लगानीमा सडक गाउँमा सडक पुगाएको थियौ ।

सडक नपुग्नु भन्दा पहिला यहाँका स्थानीयलाई पालिका कोल्टी र मार्तडी सम्म आउजाउमा निकै समस्या हुन्थ्यो । अहिले गाउँमै सडक पुगेपछि धिमबासीको जिनव शैली परिवर्तन भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । ‎ ‎उहाँले भन्नुभयो, “ धिमबस्ती  पालिकाकै एक विकट ठाउँमा पर्ने गर्दछ  । यहाँका स्थानीयलाई पुस्तौ देखि खानेपानीको निकै समस्या थियो । यहाँका स्थानीयले सिटामोल किन्नका लागि समेत कोल्टी जानु पर्ने बाध्यता थियो ।

अहिले स्वास्थ्य , शिक्षा , सडकको राम्रो सुविधा छ । यही सुविधाले यहाँका स्थानीयको जिवनशैलीमा परिवर्तन भएको हो । ” ‎ ‎दैनिक उपभोग्य समाग्री खरिद गर्नका लागि पनि पहिला यहाँका स्थानीय दुई हप्ता लगाएर मार्तडी जाने गथ्र्ये । समाना ढुवानी गर्दा खच्चरको माध्यामद्धारा सामान ढुवानी गर्दै आएका थिए । अहिले यहाँका स्थानीयहरु घर आगन देखि नै गाडीको सवार गर्ने गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

कमेन्टहरु