समाज

‎महिनौंदेखि धुलाचौर बजार लगायत गाउँबस्ती अध्यारोमा

उमेश रोकाया
२०८२ मंसिर १४ | मध्यान्ह १२:०८ बजे

बाजुरा , मंसिर १४ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजार लगायत गाउँ बस्तीमा चार महिनादेखि अध्यारोमा बस्नुपर्ने बाध्यता भएको छ । साउन २८ गते आएको बाढी पहिरोले कुवाडी खोला लघु जलविद्युत आयोजना अवरुद्ध हुँदा हिमाली गाउँपालिका ४,५ र ६ का वडाहरुका गाउँहरु अध्यारोमा बस्ने गरेका छन । ‎ ‎केही महिना गाउँ देखि सहर बिजुली झिल्लीमिल्ली भएपनि अहिले गाउँ बस्ती बिजुलि बन्द हुँदा सोलार टुकी प्रयोग गरेर उज्यालो गर्नुपर्ने स्थित आएको छ ।

गाउँमा बिजुली आइसकेपछि घरमा राखिएको सोलार वास्ता नगरेर त्यतिकै थन्किएको स्थानीयले गुनासो गर्ने गरेका छन । ‎ ‎केहि तारहरु मुसाले काटेर टुक्राटुक्रा परेका थिए । जोड जाड गरेर पुनः सोलार प्रयोग गर्न लागिरहेका छौँ । बिजुली आयो अब गाउँमा झिल्ली मिल्ली हुनेभयो भन्ने लागिरहेको थियो । अहिले त बजार देखि गाउँ घरमा बिजुली बत्तीको सुनसान देखिन्छ । बिजुली आइसकेपछि गाउँमा आधुनिक मिल सञ्चालन गरेका थिए ।

धान कुट्ने , कोदो , गहुँ पिठो निकाल्ने मेसिन समेत बन्द भएका छन । ‎ ‎धुलाचौर बजार विद्युत सञ्चालन आएपछि बजार पुरै झिल्ली मिल्ली परेको हुन्थ्यो । बजार वासी बिजुली प्रयोग गर्न पाउदा असाध्यै खुशी संगै मेसिन बाट सञ्चालन हुने विद्युतिय हाते सामान देखि मिल , चाउमीन उद्योग धमाधम सुचारु गरेका थियौं । अहिले करिब ५ महिना हुन लाग्यो विद्युतमा समस्या आउँदा सबै विद्युतिय मेसिनहरु बन्द गर्नुपर्ने बाध्यता आएको छ । ‎ ‎

मेसिन सञ्चालन हुँदा केही रोजीरोटी चलिरहेको थियो । एउटा आमदानी माध्यमका रूपमा भएको थियो । अहिले विद्युत अवरुद्ध हुँदा रोजीरोटी चल्न पनि गाह्रो भएको छ । जेनेरेटर किनेर पुनः सञ्चालन गरौँ भने पनि आर्थिक अभावले जटिल समस्या परेको धुलाचौर व्यवसायी दानबहादुर मल्लले बताउनुभयो ।

‎ ‎कुवाडी खोला लघु जलविद्युत आयोजनाबाट हिमाली गाउँपालिका ८ सय घरधुरी लाभान्वित अहिले सबै गाउँ बस्ती अध्यारोमा बसिरहेका छन । साउन २८ गतेदेखि अवरुद्ध भएको बिजुली मंसिर महिना लागि सक्दा पनि विद्युत अस्तव्यस्त अवस्था रहेकोे छ । चाडैं विद्युत पुनः सञ्चालन आएको भए हिमाली गाउँपालिका धेरै जनतालाई राहत हुने थियो ।

कमेन्टहरु