Opens in a new tab

एमाले महाधिवेशनःकञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन

रासस

29Shares
dida bag ad

महेन्द्रनगर, मंसिर १४। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।निर्वाचन क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नं १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित हुनुभएको छ ।

यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित हुनुभएको हो । साथै, युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट हुनुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र–२ भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन हुनुभएको हो । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन हुनुभएको छभने युवातर्फबाट पनि प्रवीण बोगटी चयन हुनुभएको छभने दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित हुनुभएको छ ।