समाज

संयुक्त अभियानको सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सम्पन्न भिडियाे सहित

रिदेन महर्जन
२०८२ मंसिर १० | मध्यान्ह १२:०८ बजे

काठमाडौं । संयुक्त अभियान समुहको सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सभ्य भव्य रूपमा शनिबार सम्पन्न भएको छ ।भाद्र २३ र भाद्र २४ गतेको जेन्जी आन्दोलनले देशमा जनधनक्षतिका साथै अशान्तिपूर्ण वातावरणले पारेको प्रभावलाई ध्यानमा राखी शुरू भएको र्यालीमा उपत्यकासहित देशैभरका विभिन्न जिल्लाबाट अभियन्ता, शान्तिप्रेमी, सम्पदाप्रेमी, संस्कृति प्रेमी तथा नेपालमा आमालाई माया गर्ने नेपाली जनको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी जनाएका तारालाल श्रेष्ठले सामुहिकतामा आधारित सांस्कृतिक शक्ति बन्नका लागि हजारौं, लाखौं बर्षको पसिना मिहिनतले परिष्कृट हुने धारणा राख्दै राजनैतिक एकतालाई सांस्कृतिक एकताले दिशा निर्देश गर्नुपर्ने जनाए । अहिले देशलाई जोगाउन सांस्कृतिक एकता आवश्यकता जोड दिदै शान्ति सद्भाव र्याली देशका गाउँ—गाउँ समेत फैलियोस् भनेर कामना समेत गरे ।

WhatsApp Image 2025 11 26 at 12.36.45 de45dc2d

अहिले देशमा विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख गौरव, हाम्रो संस्कृति, महान राष्ट्र र राष्ट्रियता बचाउन गरिएको सांस्कृतिक शान्ति तथा सद्भाव र्यालीमा नेवार समुदायको नाय्खि, धिमे बाजाका साथै लिम्बु समुदायको च्याब्रुंग बाजाको तालमा ललितपुरको पाटन दरबार स्क्वायरमा भेला भएर र्याली काठमाडौंको बसन्तपुर दरबारको कालभैरव मन्दिरमा पुगेर कार्यक्रम सभामा परिणत भएको थियो ।

साइकल अभियान्ताहरू, नेवाः लहनाका सरसफाई अभियान्ताहरूको समेत उल्लेखनीय सहभागीता रहेको कार्यक्रमका संयोजक सुरेन्द्र अवालेले हाम्रो देशमा शान्ति जोगाई राख्न, नेपालीहरू मिल्नका लागि तथा हाम्रो देशका मौलिक सम्पदा पहिचानहरू जोगाउन कार्यक्रम गरिएको जनाउँदै स्वागत मन्तव्य राखे ।कार्यक्रम संचालक असोज महर्जनले देशमा सृजित अशान्ति हटाई शान्ति स्थापनार्थ देशैभर शान्तिपद यात्रा गर्न आफू तयार जानकारी गराए । भोजपुरबाट समेत पाल्नु भएका अमर राईले जेन्जी आन्दोलन पश्चात देश अहिले अशान्ति अवस्थामा छ । आफूले सबैलाई शान्ति होस्, आपासी माया, एकता कायम होस् भनेर र्यालीमा सहभागी हुन पाउँदा खुशी लागेको जनाए ।

श्री जट्टाधारी नित्य नाथ बाजं खलःका विभिन्न शाखाहरूले सहभागीता जनाइएको कार्यक्रममा सो संस्थाका संस्थापक अध्यक्ष गुरू राजेन्द्र महर्जनले सांस्कृतिक र्याली गर्नुको प्रमुख उद्वेश्य क्रान्ति ल्याउनका लागि हो । यो देशमा नेवार समुदायहरू जिवित्तै छ भनेर देखाउन तथा राज्यमा विभिन्न कालखण्डमा सत्ता परिवर्तन गर्न नेवार समुदायको अतुल्नीय योगदान छ भन्ने चेतना दिलाउन समेत कार्यक्रम गर्नु परेको जनाए ।
उनले थप्दै भने शान्ति जीव जनावर पशुपन्छी देखिलिएर सिंगो मानव समुदायकै लागि आवश्यक छ भनेर सन्देश दिलाइ देशलाई सुखी, शान्ति, समृद्व कायम होस् भनेर भगवान्को आराधना गरेर बाजा बजाएर र्याली सुरू गरिएको जनाए ।
कार्यक्रमको मूख्य संयोजक राजमान मानवले आज विश्वभरि जेन्जी आन्दोलन चल्नुको मुख्य कारण सुशासन, भष्ट्राचारविरूद्व देश समाज बनाउनका लागि चलेको अनुरुप नेपालमा पनि परिवर्तन भएकोले जनताले धेरै आशा गरेको जनाए । यसलाई हामी सबैले मन्न गरेर अवसरका रूपमा सदुपयोग गर्नु पर्नेमा जोड दिए ।

उनले अबको सरकार भनेको चुनावको लागि मात्रै हो । जनताले शान्ति, विकास, निर्माण चाहेको छ। नेपालको गौरव संस्कृतिक, शान्ति हो । तसर्थ हामीले सबै मिलेर विकासमा लैजाउने सोचका साथ आउँदो चुनावमा सुशासन चाहने, योग्य भष्ट्राचार विरोधी, समाजप्रति उत्तरदायित्व, जनताको भावना बुझ्ने, देश माटोलाई बुझ्ने व्यक्तिलाई छानेर सरकार पठाउन सकेको खण्डमा समाधान हुने धारणा राखे ।

 

कमेन्टहरु