समाज

आगलागी पीडित दुई घरपरिवारलाई बुढिनन्दा नगरपालिका द्वारा नगदसहित खाद्यान्न सहयोग

उमेश रोकाया
२०८२ मंसिर १० | मध्यान्ह १२:०८ बजे

‎बाजुरा , मंसिर १० । बुढिनन्दा नगरपालिका –४ कुरु आगलागी पीडित दुई घरपरिवारलाई नगदसहित खाद्यान्न सामग्री सहयोग गरिएको छ । मंसिर ४ र ८ गते भएको आगलागीबाट बुढिनन्दा नगरपालिका वडा नं ४ कुरु गाउँका प्रतिक्षा रोकाया र सगुने रोकायाको घर पुर्ण रूपमा जलेको नष्ट भएको हो ।

‎सोही आगलागीबाट पीडित घरपरिवारलाई बुढिनन्दा नगरपालिकाले दुबै घरकालाई १०/१० हजार नगद सहयोग गरेको छ । भने आई.एन.एफ. नेपाल बाजुरा शाखा द्वारा खाद्यान्न दाल २ केजी, चामल २ बोरा , नुन पाकेट, तेल २ पाकेट र कम्मल सहयोग गरेको केशव कुमार वोहराले बताएका छन ।

‎आगलागीबाट दुबै परिवारका घरमा रहेको खाद्यान्न, लत्ताकपडा लगायतका अन्नबाली सबै जलेर नष्ट हुँदा लाखौं क्षति भएको छ । विशेषगरी नगर प्रमुख जनक कुमार वोहरा पहलमा खाद्यान्न सामग्री सहिद नगद आगलागी पीडित परिवारलाई राहत वितरण गरिएको छ । थप घर निर्माण गर्नका लागि अन्य राहतका लागि नगर सरकारले सहयोग तथा पहल कदमी गर्ने प्रतिबद्धता समेत गरिएको नगरपालिकाले जनाएको छ ।

‎पीडित घरपरिवारलाई तत्काल केही बस्न खान सहज गर्नका लागि हामीले राहत गरिएको छ । यसले सानोतिनो मलिम लगाउने काम भएको छ । थप आवश्यक सहयोगका जिल्ला सरकारी तथा गैरसरकारी कार्यालय कागज पत्र पठाएका छौँ । केही सहयोग पाउने अपेक्षा समेत राखेका छौँ । भखरै नगरपालिका नगर प्रमुख पहलमा पीडित घरमा पुगेर वडा अध्यक्ष जुल्फे रोकाया आफू सहित पुगेर सहयोग हस्तान्तरण गरिएको वोहराले बताउनुभयो ।

कमेन्टहरु