बुढिनन्दा नगरपालिकामा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सुरु

उमेश रोकाया


बाजुरा , मंसिर ९ । बुढिनन्दा नगरपालिकामा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सुरु गरिएको छ। “प्रविधिको सहि प्रयोग गरौ, लैंगीक हिंशा अन्त्य गरौ” भन्ने नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजनामा आई.एन.एफ. नेपाल र स्वान नेपालको आर्थिक सहयोगमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा कोल्टी बजारमा र्याली प्रदशनी गरेका थिए ।
मिलन शिवपार्कमा कोट सभा साथै ईलाका प्रशासन कोल्टीले प्रबिधि लैंगीक हिंशा सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरी अभियानको पहिलो दिनको सुरुवात गरेको हो । हरेक वर्ष विश्वभर मनाइने यो अभियान मंसिर ९ गते (२५ नोभेम्बर) देखि मंसिर २४ गते (१० डिसेम्बर) सम्म मनाइने छ । कार्यक्रमको उद्घाटन नगर उप प्रमुख राम बहादुर बोहोराले व्यानर बाचन गरेर सुरुवात गरेको हो ।
आगामी दिनहरुमा नगरपालीकाका १० वटै वडाहरुमा जनचेतना मुलक कार्यक्रमहरु देउडा र सडक नाटकका माध्यमहरुबाट सचेतना फैलाउनका साथै वडाका माद्यामिक विधालय स्तरीया विद्यालयहरुमा लैंगीक हिंशा सम्वन्धी अभिमुखीकरण गरीने भएको छ । अभियानको अन्तीम दिनमा नगरपालीका भित्र लैंगीक हिंशामा परेका पिडितहरुलाइ केहि राहात पनी उपलव्ध गराइ अभियानको समापन गरिने भएको आई.एन.एफ. नेपाल बाजुरा शाखाका प्रतिनिधि रुक्साल पण्डितले बताउनुभयो।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन












