समाचार

शक्तिखोरमा विद्यार्थीको रगत परीक्षण र खाद्यन्न सहयोग

नवलपुर टुडे
२०८२ मंसिर ७ | मध्यान्ह ०५:०८ बजे

चितवन । कालिका नगरपालिका- ९ शक्तिखोरस्थित चतुर्मुखी माध्यामिक विद्यालयका विद्यार्थीहरुको नि:शुल्क रगत परीक्षण गरिएको छ । यात्रा ग्रुप र ग्रीनल्याण्ड पब्लिक स्कुलको इको क्लबको आयोजना तथा सिआरएलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको नि:शुल्क रगत परीक्षण गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका दुई सय जना विद्यार्थीको रगत परीक्षण गरिएको यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रगत परीक्षण कार्यक्रम आयोजना गरिएको कार्कीको भनाइ थियो ।

यस्तै सोही दिन सिद्धी छात्रावासलाई खाद्यन्न सहयोग पनि गरिएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य ईन्दिरा पन्त र ग्रीनल्याण्ड इको क्लबका विद्यार्थीहरुले खाजा खर्च कटौती गरेर छात्रावासलाई १० बोरा चामल गरेका हुन् । यस अघि स्कुलले सोही छात्राबासका एक विद्यार्थीलाई आवासिय सुविधासहित ११ र १२ नि:शुल्क रुपमा पढाईरहेको छ । 

कमेन्टहरु