सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई हिमाली गाउँपालिकाले २६ बुँदे ज्ञापन पत्र बुझाए


बाजुरा, मंसिर ७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई हिमाली गाउँपालिकाले २६ बुँदे ज्ञापन पत्र बुझाएको छ । प्रदेश सरकारले निर्माण गरिरहेका योजनाको अनुगमन तथा प्रदेशका योजनाको शिलान्या गर्न यहाँ पुग्नु भएका मुख्यमन्त्री शाहलाई पालिकाका समस्या र आवश्यक कार्यहरुको माग सहित गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादृुर मल्लले ज्ञापन पत्र बुझाउनु भएको हो । गाउँपालिका अध्यक्ष मल्लद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा कुवाडी–विच्छ्या–रानीसैन–हिल्सा सिल्क रणनितिक सडक निर्माणको माग गरिएको छ ।
गाउँपालिकामा राष्ट्रि विद्युत प्रसारण लाईन विस्तार र कुवाडी खोलाको लघु जलविद्युत आयोजनाको पुनर्निर्माण,मौतर्ना मोटरेवल पुल,पिपल्ला–पाडी–धिम–फैती–बोर्ता–ग्याचु सहितका ठाउँमा खानेपानी योजना,धुलाचौर कर्णाली लिफ्टिङ खानेपानी,गुम्बामा टेलिफोन इन्टरनेट सहितको टावर निर्माण कुवाडी अस्पताल पहिरो नियन्त्रण, अल्लो प्रशोधन,आधुनिक भेडा पालनतथा उन प्रशोधन सहितका माग राखिएका छन् ।
भौगोलिक विकटता रहेको हिमाली गाउँपालिकामा प्रदेश सरकारका मुख्यमन्त्री गाउँमा आएपछि पालिकाले समस्या सहित पालिकाको विकासका लागि ज्ञापन पत्र बुझाएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिनु भएको छ। मुख्यमन्त्री शाहले दुर्गम जिल्ला बाजुरालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भएको छ ।
मुख्यमन्त्री शाह प्रदेश सरकारको योजना पर्यटकीय क्षेत्रका रुपमा रहेको रानीसैन पदमार्ग सहितो सडक निर्माणको शिलान्यासका गर्न विच्छ्या जानु हुने भएको छ। सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य नरेश शाही र जुना दानी पनि सहभागी हुनु भएको छ ।























