चितवन राइनोलाई लुम्बिनी लायन्सको चुनौती

नवलपुर टुडे


काठमाडौं । गत सिजन पुछारमा रहँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । गएको सोमबारदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो ।
चितवन भने आज लुम्बिनीविरुद्ध मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ । चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो । एनपीएलको इतिहासमा यी दुई टिमबीच यसअघि पहिलो संस्करणमा एकपटक प्रतिस्पर्धा भएको थियो ।
पहिलो संस्करणको लिग चरणमा भेट हुँदा लुम्बिनीले ३३ रनको जित निकालेको थियो । एनपीएलमा हालसम्म लुम्बिनीले निकालेको यो नै एकमात्र जितसमेत हो । प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिमले प्रतिस्पर्धा गरिरको छन् । मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल २७ गते हुने तालिका छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















