दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ?

रासस


काठमाडौँ, मङ्सिर ३। पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ? तपाईंलाई लाग्दो हो पालो पर्खन नपर्ला । तर शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषका कारण पछिल्ला केहीदिनयता कम्तीमा तीनदेखि चार घण्टासम्म शवदाहका लागि लाइनमा राख्नुपर्ने बाध्यता देखिएको छ ।
विद्युतीय गृहमा मङ्गलबार साँझ ६ः३० बजेसम्म करिब ११ शवदाह गरिएका कोषले जनाएको छ । “विदेशबाट शव ल्याउन तीन हप्ता लाग्यो, यहाँ चार घण्टा लाइन बस्दा के हुन्छ रु घाटको उचित व्यवस्थापन कहिले होला ?”, मृतकका एक आफन्तले पालो कुर्दै प्रश्न गर्नुभयो । केही आफन्तजनले आफूहरूले शवदाहका लागि पाँच घण्टासम्म कुर्नुपरेको गुनासो गरेका गरेका छन् ।
केहीले आर्यघाटमा शवदाह गर्न निकै लामो लाइन कुर्नुपर्ने भएकाले आफूहरूले विद्युतीय शवदाह गृहमा शव ल्याएको बताएका छन् । पछिल्ला दिनमा विशेष गरेर विविध कारणले विदेशमा मृत्यु भएकाको विद्युतीय शवदाह गृहमा संस्कारदाह हुँदै आएको कोषले जनाएको छ ।
पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार शुल्क तोकिएको छ । करिब रु ११ करोडको लागतमा बनेको विद्युतीय शवदाह गृह विसं २०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको हो । विद्युतीय शवदाह गृहमा एउटा शव जल्न कम्तीमा ४५ मिनेट लाग्ने जनाइएको छ ।
यसैबीच, विद्युतीय शवदाह गृह भवन र परिसरमा रहेका शौचालय सेवाग्राहीले प्रयोग गर्ने अवस्थामा छैनन् । नाक, मुख थुनेर शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको भनाइ छ ।

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन
अरुपनि पढ्नुहोस
सबै
तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
















