त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा टेक बहादुर मौनी हाजिर

उमेश रोकाया


बाजुरा , मंसिर २ । जिल्ला त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा टेक बहादुर मौनी सोमबारदेखि हाजिर हुनुभएको छ । लामो समयदेखि देखि प्रमुख प्रशासकीय अधिकृत नहुदा निमित्तको भरमा कामकाज गर्दै आएको त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मौनी अहिले काम गर्दै आइरहेका छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्तिक २३ गतेको निर्णय अनुसार शाखा अधिकृत टेक बहादुर मौनीलाई पठाएको थियो । उक्त निर्णयलाई कार्यनयन गर्दै सोमबार देखि मौनीले नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेका छन्। प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी समालेका मौनीलाइ नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला ( जोशी) न्यौपाने, वडा नम्वर ३ का अध्यक्ष तथा नगर प्रवक्ता मिनबहादुर भण्डारी लगायतले स्वागत गरेर अबिर सहित खादा लगाएर स्वागत गरेका छन् ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















