बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा

उमेश रोकाया


बाजुरा, मंसिर १ । बाजुराका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीका अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई सरुवा गरिएको हो ।
पौडेलको स्थानमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई पठाइएको पराजुलीले जानकारी दिए । बाजुरामा उपसचिव प्रमुख जिल्ला अधिकारी हुने ब्यबस्था छ ।
बाजुरा आएको दुइ महिना १५ दिनमै सरुवा भएका पौडेललाई पर्वत जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका उपसचिव पवन कोइरालालाई मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको पराजुलीले जानकारी दिए ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी












