एनपीएल–२ आजदेखि : उद्घाटन खेलमा साविक विजेतालाई काठमान्डुको चुनौती

नवलपुर टुडे


काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ बनेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज (मंसिर १) देखि सुरु हुँदै छ ।
प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमान्डु गोर्खाजले चुनौती प्रस्तुत गर्दै छ । एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमान्डुविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
पहिलो संस्करणको च्याम्पियन बन्दा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो । यता, काठमान्डुले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो खेलसमेत हो ।
एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका नौ खेल दिउँसो र २३ खेल डे–नाइट अर्थात फ्लडलाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन् ।
प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिम प्रतिस्पर्धामा छन् । जसमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















