८४ वर्षीय वृद्धले आफैँमाथि आगो लगाए

रासस


झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले आफ्नो शरीरमा आगो लगाएका छन्। शुक्रबार राति करिब ११:३० बजे उनी घरबाहिर आँगनमा गएर पेट्रोल खन्याई आफैंलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
डिल्लीरामका काइँला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए।सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेको टोली घटनास्थल पुगेर क्षेत्र सुरक्षित गरेको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट अर्को टोली खटिएको छ।
परिवारका अनुसार डिल्लीरामको मृत्यु भइसकेको छ। उनी केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए। केही महिनाअघि मात्र उनले प्रोस्टेटको शल्यक्रिया गरेका थिए।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















