गौमुल गाउँपालिकाद्वारा निःशुल्क शिक्षक तथा लोक सेवा तयारी कक्षा सञ्चालनमा

उमेश रोकाया


बाजुरा, कार्तिक २८। बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले निःशुल्क शिक्षक सेवा तथा लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेश रहने वातावरण बनाउँने उद्देश्यसहित तयारी कक्षा सुरु गरिएको हो ।
गौमुल गाउँपालिकाको आर्थिक सहयोग तथा स्ववियु बाजुरा क्याम्पसको समन्वयमा तायरी कक्षा सञ्चालन गरिएको बाजुरा क्याम्पस स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । बडीमालिका शैक्षिक केन्द्र मार्तडीमा सञ्चालन गरिएको छ । तयारी कक्षाको लागि विद्यार्थीहरुको उत्साहजन सहभागिता रहेको छ ।
निःशुल्क तयारी कक्षामा बाजुरा क्याम्पसमा अध्ययनरत वा अध्ययन पूरा गरिसकेका गौमुलबासी विद्यार्थीहरूको सहभागिता रहेको छ । कक्षा उद्घाटनमा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले शिक्षाको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भन्दै लोकसेवा तयारी कक्षा सञ्चालन गरिएकोे बताएका छन् । पढेलेखेका युवाहरु बेरोजगार हुँदा, पढेर मात्र के गर्ने भन्ने पछिल्लो बुझाई युवामा आउन थालेकोले सरकारी सेवामा प्रवेश लागि सहयोगि बन्न निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















