मण्डाली आधारभूत विद्यालयको भवन अध्यक्ष रोकायाद्वारा उद्घाटन

उमेश रोकाया


बाजुरा । बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले खोलिकोट मण्डाली आधारभूत विद्यालय भवनको उद्घाटन गरेका छन् । बुधबार अध्यक्ष रोकायाले गाउँपालिका – १ मा रहेको खोलिकोट मण्डाली आधारभूत विद्यालय भवनको उद्घाटन गरेका हुन । सो विद्यालयमा ८ काठे भवन निर्माण गरिएको छ । संघिय सरकारको सहयोग तथा गाउँपालिकाको पहलमा १ करोड ४६ लाख लागतमा भवन निर्माण भएको हो ।
भवन निर्माण भएपछी बालबालिकाहरुलाई पठनपाठनमा सहज हुनेभएको पत्रकार जितजंग कटेलले बताएका छन् । उहाँका अनुसार यो भन्दा अगाडी यहाँका बालबालिकाहरु भवन नहुँदा माटो,धुलो सहित आकाश मुनी बढ्न बाध्य हुदै आएका थिए । बर्षौ पछी उक्त विद्यालयमा भवन निर्माण भएपछी विद्यार्थी लगायत अभिभावकहरु खुशी भएका छन् ।
उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष भरतबहादुर रोकायाले मानव जिवनमा सबैभन्दा ठूलो शिक्षा र स्वास्थ भएको बताउदै यस तर्फ आफ्नो लगाभ रहेको बताएका छन् । समाज शिक्षित भए गाउँ,समाज परिर्वन हुन्छ,उहाँले भने । हिजोको दिनहरुमा माटोमा बसेर कैयौं बिद्यार्थीहरुले पठनपाठन गनुपनेए बाध्यता थियो,अब त्यो बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्रमा स्वामीकार्तिक खापर गाउँपालिका भरि पहिलो सरकारि क्षेत्रमा प्रबेश गर्नेमा पनि मुक्तिकोट अगाडि देखिन्छ ।स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ मा हिजोको दिनमा सडक देखि, शिक्षा ,स्वास्थ लगायतका क्षेत्रमा पछाडि परेको थियोे । त्यो समस्यालाई मध्यनजर गर्दै अहिले सोहि ठाउँमा शिक्षा ,स्वास्थ ,सडक लगायत विकास कामहरु क्रमिक रुपमा सुधार हुदै गएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो













