समाज

चर्चित जापानी अभिनेता तासुया नाकादाईको निधन

एजेन्सी
२०८२ कार्तिक २५ | मध्यान्ह ०३:०७ बजे

काठमाडौँ । जापानका चर्चित अभिनेता तासुया नाकादाईको निधन भएको छ । ९२ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो । तासुया ‘र्‍यान’, ‘हाराकिरी’  र ‘द ह्युमन कन्डिसन’ जस्ता चलचित्रमा उत्कृष्ट अभिनयका लागि परिचित छन् ।  उनका प्रवक्ताले अभिनेताको मृत्युको कारण खुलाएका छैनन् । १९३२ मा टोकियोमा जन्मिएका नाकादाईको वास्तविक नाम मोटोहिसा नाकादाई थियो ।

तासुयाले नाटकबाट आफ्नो करियर सुरु गरेका थिए । तर पछि उनी जापानी सिनेमामा एक प्रमुख व्यक्तित्व बने ।आफ्नो करियरमा उनले सयभन्दा बढी चलचित्रहरूमा काम गरेका थिए । बहुमुखी प्रतिभा र पर्दामा प्रभावशाली उपस्थितिले नाकादाईलाई जापान र अन्तर्राष्ट्रिय स्तरमा चर्चामा ल्यायो । उनी एक शक्तिशाली रङ्गमञ्च अभिनेता पनि थिए । नाकादाई अन्तिम पटक २०२० को ‘द पासः लाष्ट डेज अफ सामुराई’मा देखिएका थिए ।

 

कमेन्टहरु