रोहितले दार्जिलिङमा टेनिस खेल्ने

रासस
२०८२ कार्तिक २५ | मध्यान्ह ०३:०७ बजे

काठमाडौँ, कात्तिक २५ । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्नेछन् ।


















