विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

रासस


दमौली । तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने केन्द्र बनाउन तनहुँ सङ्ग्रहालय स्थापना गरिएको छ । नेपाल क्षेत्री समाज तनहुँको सक्रियतामा व्यास नगरपालिका–१ करङकाठस्थित समाजको भवनमा तनहुँ सङ्ग्रहालय स्थापना गरिएको हो ।
उनले भने, ‘यहाँ रहेका ब्राम्हण, क्षेत्री, दरै, कुमाल, बोटे, गुरुङ, राई, दुरा, दमै, कामी, सार्की लगायतले प्रयोग गर्ने पहिरन, उनीहरुले प्रयोग गर्ने सामग्रीलगायत सबै सामग्री सङ्ग्रहालयमा राख्छौँ । यो सङ्ग्रहालय नयाँ पुस्ताका लागि पाठशाला बन्नेछ । सङ्ग्रहालय विभिन्न जातजातिका धर्म, संस्कृति, रीतिरिवाज अध्ययनको बृहत् केन्द्र बन्ने विश्वास गरेका छौँ ।’
उनले भने- ‘देशका लागि विशेष योगदान दिने व्यक्तिहरुको पनि शालिक बनाउँछौँ ।’ सङ्ग्रहालय स्थापनाका लागि बजेट आवश्यकपर्ने भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग सहयोगको अपिल गरिने बस्नेतले बताए ।
सङ्ग्रहालयका सहसंयोजक तिलक चौहानले स्थानीय सरकारले सङ्ग्रहालयमा ध्यान नदिएकाले क्षेत्री समाजको परिकल्पनामा सङ्ग्रहालय बनाउन लागिएको बताए । उनले भने, ‘यो सङ्ग्रहालय तनहुँको मात्र नभई देशैभरिको सङ्ग्रहालयको केन्द्र बन्ने विश्वास गरेका छौँ । सङ्ग्रहालय स्थापना भएको एक वर्ष पूरा भएको छ, तर यहाँ राखिने सामग्री सङ्कलनको कामलाई अब तीव्रता दिन्छौँ ।’
क्षेत्री समाज नेपाल तनहुँका सदस्य एवं सङ्ग्रहालयका सचिव रामचन्द्र अधिकारीले सङ्ग्रहालय स्थापनाका लागि सहयोग गर्न सबै जातजातिलाई आग्रह गरेका छन् । उनले भने, ‘प्रत्येक टोल, गाउँ, वडासम्म पुगेर सामग्री सङ्कलनको अभियानमा जुट्दैछौँ ।’
नेपाल क्षेत्री समाज तनहुँका सचिव हरि कार्कीले समाजको सक्रियतामा सङ्ग्रहालय निर्माण गरिएपनि यसलाई सबै जातजातिको पहिचान झल्किने केन्द्र बनाइने उल्लेख गरे । उनले भने, ‘सङ्ग्रहालयमा ऐतिहासिक, पुरातात्विक वस्तुको संरक्षण त हुन्छ नै सङ्ग्रहालय विद्यार्थीका लागि शैक्षिक अध्ययनको केन्द्र बन्नेछ ।’
सङ्ग्रहालयसँगै यहाँ पुस्तकालयसमेत बनाइएको छ । पुस्तकालयमा विभिन्न लेखकले लेख्नुभएको पुस्तक राखिएको छ । ती पुस्तकले तनहुँका ऐतिहासिक, सांस्कृतिकस्थलका बारेमा अध्ययन गर्न सकिनेछ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















