केन्याली महिलाको हत्या आरोपमा पूर्वबेलायती सैनिक पक्राउ

एजेन्सी


विल्टशायर । सन् २०१२ मा केन्यामा एक २१ वर्षीया महिलाको कथित हत्याको आरोपमा एक पूर्वबेलायती सैनिकलाई प्रत्यार्पणको सामना गर्नुपरेको छ।नेशनल क्राइम एजेन्सी (एनसीए) का अनुसार पूर्वसैनिक रोबर्ट जेम्स पुरकिसलाई नोभेम्बर ६ मा विल्टशायरको टिडवर्थमा पक्राउ गरिएको थियो र उनी शुक्रबार वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उपस्थित भए। उनलाई एजेन्सीले सेप्टेम्बरमा वारेन्ट जारी भएपछि एग्नेस वान्जिरुको हत्याको सम्बन्धमा पक्राउ गरेको हो।
३८ वर्षीय पुरकिसले अदालतमा प्रत्यार्पणको विरोध गर्ने बताएका छन् । उनलाई नोभेम्बर १४ मा अर्को सुनुवाइ नभएसम्म हिरासतमा राखिएको छ। उनका वकिलहरूले उनले हत्या आरोपको ‘जोरदार खण्डन’ गर्ने बताएका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















