रौतहटमा नेपाल–भारत सीमा विधान सभा चुनावका कारण चार दिनका लागि बन्द

नवलपुर टुडे


रौतहट। भारतको बिहार राज्यमा हुने विधान सभा चुनावका कारण रौतहट जिल्लाको सीमावर्ती नाका चार दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार भारतको सितामढी र पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधान सभा निर्वाचन यही कार्तिक २५ गते (११ नोभेम्बर २०२५) बुधबारका दिन हुँदैछ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी दिपेश सागर भुसालका अनुसार शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते भोलि शनिबार बिहान ८ बजेदेखि २५ गते बुधबार बेलुका ८ बजेसम्म नेपाल–भारत सीमा नाकामा आवश्यक सेवाबाहेकको सम्पूर्ण आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
प्रशासनले सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा तोकिएको अवधिसम्म सीमा नाकाबाट आवागमन नगर्न अनुरोध गरेको छ।

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन
अरुपनि पढ्नुहोस
सबै
तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
















